ad ad

समाज


डीआईजी अर्जुन चन्दको राजीनामा पत्र नक्सालबाट फिर्ता

डीआईजी अर्जुन चन्दको राजीनामा पत्र नक्सालबाट फिर्ता

नेपालखबर
माघ २२, २०८० सोमबार १६:३१, काठमाडौँ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दको राजीनामा पत्र प्रहरी प्रधान कार्यालयले फिर्ता गरिदिएको छ।

राजीनामाको रित नपुगेको भन्दै फिर्ता गरिदिएको प्रहरी प्रधान कार्यालयका उच्च अधिकारीले जानकारी दिए।

‘उहाँको राजीनामाको प्रक्रिया नमिलेकाले फिर्ता गरिएको हो। तर उहाँ राजीनामाबाट पछि हट्दै हुनुहुन्छ’ उच्च स्रोतले भन्यो।

यस्तै एक एआईजीले अहिले राजीनामा दिँदा डीआईजी चन्द र संगठनलाई पनि राम्रो नहुने भएकाले राजीनामा नदिन भनिएको छ। चन्दको बिदा भने स्वीकृत गरेको छ।

विमानस्थलमा कर्मचारी र प्रहरीबीच भएको कुटपिट प्रकरणपछि डीआईजी चन्दले गएको शनिबार राजीनामा दिएका थिए। यद्यपी, उनले व्यक्तिगत कारणले राजीनामा दिएका बताएका थिए।

चन्द गत १३ वैशाखदेखि विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारीमा थिए।

माघ १२ गते अध्यागम अधिकृत छाया मोक्तानलाई प्रहरीले जाँच गर्न खोजेपछि प्रहरी र कर्मचारीबीच विवाद भएको थियो। त्यसक्रममा मोक्तानले प्रतिवाद गरेपछि उनीहरुबीच कुटाकुट भएको थियो।

प्रहरी जवानले अध्यागमन कर्मचारीमाथि हातपात गरेको सूचना पाएपछि सीसी क्यामेरा कक्षमा गएका अध्यागमन कार्यालय प्रमुख गोगन हमालमाथि पनि प्रहरीले हातपात गरेको कर्मचारीको आरोप छ।

सोही प्रकरणमा गृहमन्त्रालयले सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा छानबिन समिति बनाएको थियो।

समितिले माघ १८ गते प्रतिवेदन बुझाइसकेको छ।

प्रहरीलाई दोषी देखाइएको सो प्रतिवेदनप्रति विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी सम्हालेका डीआईजी चन्द असन्तुष्ट थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .