संयुक्त राष्ट्रसंघको आव्हानमा डेमोक्रेटि रिपब्लिक अफ कंगोमा शान्ति स्थापना कार्यको लागि तैनाथ नेपाली शान्ति सैनिकको अदली बदली भएको छ।
युनाइटेड नेसन्स अर्गनाइजेसन स्ट्याबिलाइजेसन मिसन इन डेमोक्रेटि रिपब्लिक अफ कंगोमा सहभागी नरसिंहदल गण (शान्ति सेना) २९ औँ डफ्फा, नं. २६ फिल्ड गुल्म (शान्ति सेना) २६ औँ डफ्फा र क्विक रियाक्सन फोर्स कम्पनी (शान्ति सेना) दोस्रो डफ्फाको बदली भएको छ।
ती टोलीलाई बदली गर्नका लागि महावीर शौर्य गण (रेञ्जर) (शान्ति सेना) ३० औँ डफ्फा, नं. २७ फिल्ड गुल्म (शान्ति सेना) २७ औँ डफ्फा र केवलजंग युनाइटेड नेसन क्विक रियाक्सन फोर्स कम्पनी (शान्ति सेना) तेस्रो डफ्फाका कुल १८१ जना नेपाली शान्ति सैनिकहरू सेनानी ध्रुव कुमार श्रेष्ठको नेतृत्वमा युनाइटेड चार्टड फ्लाइट (इथियोपियन एयरलाइन्स) मार्फत आज काठमाडौँबाट मिसन इलाका प्रस्थान गरेका नेपाली सेनाले जनाएको छ।
यस्तै, सो मिसन अन्तर्गत विभिन्न युनिटहरूमा कार्यरत रही आफ्नो कार्यकाल सम्पन्न गरेका १८६ जना नेपाली शान्ति सैनिकहरू प्रमुख सेनानी शान्त कुमार कार्कीको नेतृत्वमा आजै स्वदेश फर्किएका छन्।
हाल मनुस्को मिसन अन्तरगत विभिन्न युनिटहरुमा र स्टाफ तथा सैनिक पर्यवेक्षकको नियुक्तिमा नेपाली सेनाका ११५३ जना शान्ति सैनिकहरू कार्यरत छन्।
Shares
प्रतिक्रिया