ad ad

समाज


नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, हेर्नुहोस् शुक्रबारसम्मको मौसम पूर्वानुमान

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, हेर्नुहोस् शुक्रबारसम्मको मौसम पूर्वानुमान

फाइल तस्बिर


नेपालखबर
माघ २४, २०८० बुधबार ६:२१, काठमाडौँ

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
 
यतिबेला (बुधबार बिहान) लुम्बिनी, सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ। तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ।

आज दिउँसो लुम्बिनी, सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदलीकै अवस्था रहने छ भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

आज दिउँसो गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले बुधबार बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ।

हेर्नुहोस् शुक्रबारसम्मको मौसम पूर्वानुमान

२०८० माघ २४ गते (बुधबार)

राति:  गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

२०८० माघ २५ गते (बिहिबार)

दिउँसो: कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति: कोशी प्रदेश लगायत वाग्मती,गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

२०८० माघ २६ गते (शुक्रबार)

दिउँसो: लुम्बिनी प्रदेश लगायत कोशी,वाग्मती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। गण्डकी र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति : सुदुरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश लगायत कोशी,वाग्मती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। गण्डकी र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउनुहुन अनुरोध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .