ad ad

समाज


राहदानी नवीकरण गर्न रोमानियामा घुम्ती शिविर जाँदै, दूतावासमा सोझै सूचीकृत हुन सकिने

नवीकरणका नाममा वाणिज्यदूत पोखरेलले असुलिरहेका थिए अस्वाभाविक रकम
राहदानी नवीकरण गर्न रोमानियामा घुम्ती शिविर जाँदै, दूतावासमा सोझै सूचीकृत हुन सकिने

नेपालखबर
माघ २५, २०८० बिहिबार १४:१५, काठमाडौँ

रोमानियामा रहेका नेपालीको राहदानी नवीकरणका नाममा दोब्बरभन्दा बढी रकम असुल्ने तत्कालीन अवैतनिक वाणिज्यदूत नवराज पोखरेल कारबाहीमा परेपछि जर्मनीस्थित नेपाली राजदूतावासले सोझै आवेदन लिन थालेको छ।

दूतावासले बिहीबार एक सूचना प्रकाशित गरी राहदानी नवीकरणका लागि अनलाइन फर्म भर्न भनेको छ।

२०२४ डिसेम्बरसम्म म्याद रहेका राहदानीहरूको नवीकरण गर्नका लागि सूचीमा नाम लेखाउन सक्ने सूचनामा उल्लेख गरिएको छ।
राहदानी विभागको घुम्ती शिविर सञ्चालन गरी राहदानी नवीकरण गरिने दूतावासले जनाएको छ।

रोमानिया पछिल्लो समय नेपाली कामदारहरूको प्रमुख श्रम गन्तव्यमध्येमा पर्ने युरोपेली मुलुक हो।

हेर्नुहोस् सूचनाः

 

त्यहाँका नेपालीलाई राहदानी नवीकरणलगायतका काममा सहयोग गर्ने नाममा पोखरेलले ठूलो मात्रामा अस्वाभाविक रकम असुल्ने गरेको पाइएपछि दूतावासले कारबाहीको प्रक्रिया अघि बढाएको थियो। 

यस्तै पोखरेलले श्रमिकको माग प्रमाणीकरणका लागि सहजीकरण गरिदिएवात् विभिन्न माध्यमबाट घूस खाने गरेको र उनले भनेअनुसार घूस नदिए प्रक्रिया नै अड्काइदिने गरेको पाइएको थियो।

नेपालखबरले यसबारे सप्रमाण खोजमूलक सामग्री प्रकाशित गरेपछि पोखरेलले वाणिज्यदूतको पदबाटै राजीनामा दिएका थिए। नेपालखबररले उनले काठमाडौँमा विभिन्न व्यक्तिका बैंक खातामा घूस जम्मा गर्न लगाउने गरेको पत्ता लगाएर ती खाताको विवरण नै सार्वजनिक गरेको थियो।

उनले पद छाडेको घोषणा गर्दा रोमानियावासी नेपाली सुविधाबाट वञ्चित हुने भन्दै घुर्की देखाउन पनि भ्याएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .