ad ad

समाज


विमानस्थलका डीआईजी चन्द प्रदेश समन्वय विभागमा सरुवा

विमानस्थलका डीआईजी चन्द प्रदेश समन्वय विभागमा सरुवा

नेपालखबर
माघ २६, २०८० शुक्रबार १६:९, काठमाडौँ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) अर्जुन चन्द ठकुरीको सरुवा भएको छ। उपप्रधान एवम् गृह मन्त्री नारायणकाजी श्रेष्ठले उनलाई काजमा प्रहरी प्रधान कार्यालय सरुवा गर्ने निर्णय गरेका हुन्।

प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा उनलाई सरुवा गरिएको छ। प्रदेश समन्वय विभागको प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हुन्छन्। हाल प्रदेश समन्वय विभागको प्रमुख एआईजी सुदीप गिरी छन्।

विमानस्थलमा प्रहरी र अध्यागमन कार्यालयका कर्मचारीबीच कुटाकुट भएपछि छानबिन भएको थियो। गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा गठित समितिले कार्यालय प्रमुखमाथि समेत प्रश्न उठाएपछि चन्द असन्तुष्ट भएका थिए। यही कारण उनले राजीनामा समेत बुझाएका थिए।

तर प्रहरी महानिरीक्षक र अतिरिक्त महानिरक्षिकहरुले सम्झाएर उनको राजीनामा फिर्ता गराएका थिए। राजीनामा फिर्ता गर्दै उनलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गर्ने वचन पनि महानिरीक्षक बसन्तबहादुर कुंवरले दिएका थिए।

त्यसको केही दिनमै उनलाई सरुवा गरिएको हो। डीआईजी चन्दलाई विमानस्थल प्रमुखका रुपमा खटाउँदा पनि काजमै सरुवा गरिएको थियो। उनको दरबन्दी भने त्यतिबेला पनि साइबर ब्यूरो मै थियो। अहिले पनि दरबन्दी साइबर ब्यूरोमै राखेर काजमा प्रहरी प्रधान कार्यालय लगिएको हो।

राजीनामा फिर्ता गराउन ब्याची समेत रहेका आईजीपी लगायतले भन्दा पनि उनले अब विमानस्थलमा नफर्किने बताएका थिए। उनलाई १० दिनको बिदा दिइएको छ। हाल उनी बिदामै छन्। बिदामै रहँदा काज सरुवा गरिएको हो।

विमानस्थलमा अध्यागमनका कर्मचारीसँग हातपातमा उत्रिएका डीएसपीसहित चार प्रहरीलाई कारबाही गरेपछि उनले राजीनामा दिएका थिए। समितिले विमानस्थलमा कार्यरत डीएसपी रेवतीरमण पोखरेललाई सचेत गराउन, असई सञ्जय तामाङलाई निलम्बन गर्न, प्रहरी जवान रविरञ्जन गुप्ता र राजकुमार महतोलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ।

असई तामाङ र जवानद्वयलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले बोलाएको छ। बिहीबारदेखि उनीहरु रानीपोखरीमा हाजिर भएका छन्। तर उनीहरुलाई कारबाही बारे भने निर्णय भइसकेको छैन।

उता प्रहरीले चेकजाँचच गर्दा लफडा गरेका अध्यागमन अधिकृत छायाँ मोक्तानलाई गृह मन्त्रालय फिर्ता गरिसकिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .