ad ad

समाज


आलमविरुद्ध मुद्दाको अन्तिम सुनुवाइ आज, न्यायाधीश आचार्यको इजलासमा पेसी

आलमविरुद्ध मुद्दाको अन्तिम सुनुवाइ आज, न्यायाधीश आचार्यको इजलासमा पेसी

फाइल तस्बिर


नेपालखबर
माघ २८, २०८० आइतबार १२:२३, काठमाडौँ

इँटाभट्टामा मानिसलाई जिउँदै पोलेको अभियोग लागेका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमविरुद्ध मुद्दाको अन्तिम सुनुवाइ आज (आइतबार) हुँदै छ।

जिल्ला अदालत रौतहटमा विचाराधीन आलमविरुद्ध मुद्दाको अन्तिम सुनुवाइ गर्न न्यायाधीश मातृकाप्रसाद आचार्यको इजालसमा पेसी तोकिएको छ। 

आलमविरुद्धको मुद्दाको अन्तिम सुनुवाइका लागि यसअघि पटक पटक पेसी तोकिँदै स्थगित हुने गरेको छ।

यसअघि गत पुस २९ गते ७ न्यायाधीशमध्ये २ जना मात्रै भएकाले आलमविरुद्ध मुद्दाको पेसी स्थगन भएको थियो। त्यसयता अन्तिम सुनुवाइका लागि एक महिनापछि पेसी तोकिएको हो। 

पूर्वमन्त्री आलमको मुद्दामा फैसला गर्न जोखिम देखिएकाले न्यायाधीशहरू बिदामा बस्ने गरेका थिए। 

यसअघि कात्तिकमा रौतहट अदालतले मुद्दाको गम्मीरता र जटिलताको ख्याल १५ दिनभित्र बहस नोट पेस सरकारी वकिल र आलमका वकिललाई गर्न आदेश दिएको थियो।

अदालतको आदेशअनुसार यसअघि नै दुवै पक्षबाट बहस नोट पेस भइसके पनि अन्तिम सुनुवाइ हुन सकेको थिएन। 

संविधानसभा निर्वाचनताका २०६४ चैत २७ गते रौतहटको साविक राजपुर फरहदवा–४ मा रहेको कांग्रेस उम्मेदवारसमेत रहेका मोहम्मद अफताब आलमको घरमा बम विस्फोट भएको थियो।

बम विस्फोटमा पिन्टु भन्ने त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँ घाइते भएका थिए। आफन्तको गोठमा बम बनाउँदै गरेका उनीहरू घाइते भएपछि आफ्नो योजनाको पोल खुल्ने डरले उनीहरूलाई आलमले आफ्नै इँटाभट्टाको चिम्नीमा जलाई मारेको अभियोग छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .