ad ad

समाज


छात्रवृत्ति खाने प्रधानाध्यापकलाई ६ महिना कैद

छात्रवृत्ति खाने प्रधानाध्यापकलाई ६ महिना कैद

नेपालखबर
फागुन २, २०८० बुधबार १६:३०, काठमाडौँ

बैजनाथ गाउँपालिका-८, थपवा, बाँकेको शंकर माध्यमिक विद्यालयका प्रधानाध्यापक मुहम्मद युनुस खाँ भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।

जिल्ला शिक्षा कार्यालय, बाँकेबाट २०६८ देखि २०७४ सम्ममा छात्रवृत्ति र कम्प्युटर खरिदको लागि प्राप्त रकम हिनामिना गरेको विशेष अदालतको ठहर छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले खाँई दोषी ठहर गरेको हो।

खाँले सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरेको बिगो ३ लाख २ हजार रुपैयाँ असुल गरी त्यति नै जरिवाना तथा ६ महिना कैद हुने फैसला भएको विशेष अदालतका प्रवक्ता धनहादुर कार्कीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .