ad ad

समाज


नेपालमा पश्चिम वायुको आंशिक प्रभाव कायमै, कस्तो रहला आजको मौसम?

नेपालमा पश्चिम वायुको आंशिक प्रभाव कायमै, कस्तो रहला आजको मौसम?

फाइल तस्बिर


नेपालखबर
फागुन ४, २०८० शुक्रबार ६:१८, काठमाडौँ

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावको रहेको छ।

यतिबेला (शुक्रबार बिहान) देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने  तराई मधेशका थोरै स्थानमा हुस्सु लागेको छ।

आज दिउँसो कोशी, बागमती ,गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहने छ। देशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले शुक्रबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनका अनुसार आज दिउँसो गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। 

आज राति पनि कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहने छ भने गण्डकी तथा कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

कस्तो रहला शनिबार र आइतबारको मौसम? 

२०८० फाल्गुन ०५ गते (शनिबार)

दिउँसो: कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक- दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति: देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक- दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

२०८० फाल्गुन ०६ गते  (आइतबार)

दिउँसो: देशको पहाडी भू-भागमा आंशिक देखि मुख्यतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। गण्डकी,कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागमा हल्का देखि फाटफूट बर्षाको संभाबना रहेको छ।गण्डकी,कर्णाली र सुदुरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा  र बाँकि उच्च पहाडी तथा हिमाली भू-भागका एक- दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति: देशको पहाडी भू-भागमा आंशिक देखि मुख्यतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। गण्डकी,कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागमा हल्का देखि फाटफूट बर्षाको संभाबना रहेको छ।गण्डकी,कर्णाली र सुदुरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा  र बाँकि उच्च पहाडी तथा हिमाली भू-भागका एक- दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक- दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउनुहुन अनुरोध छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .