ad ad

समाज


जिल्ला वन अधिकृतसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

जिल्ला वन अधिकृतसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालखबर
फागुन ८, २०८० मंगलबार १५:३०, काठमाडौँ

कपिलवस्तुका तत्कालीन जिल्ला वन अधिकृत कृष्णदत्त भट्टसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अनधिकृत ढंगले वन फडानी गरेको आरोपमा उनीहरुमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो।

वन अधिकृत भट्टविरुद्ध २९ लाख १२ हजारर १९३ रुपैयाँ ६५ पैसा विगो कायम गरी सोही बमोजिम जरिवाना र कैद सजाय गर्न मागदाबी लिइएको छ।

गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समिति कपिलवस्तुमा आर्थिक ०७४/०७५ मा ठेकेदार समेतले ६ वटा कटान प्लटहरुको ३७ हजार क्यू.फिट काठ काटी निकाल्ने ठेक्का स्वीकृत गराई कर्मचारीहरुसँग मिलेमतो गरी केही काठ लुकाई छिपाई नजिकैको समिलमा बिक्री गरेको उनीहरूमाथि आरोप छ।

सो सम्बन्धमा अनुसन्धान हुँदा ६ वटा कटान प्लटहरुमा ८०१ वटा रुखको नाँपजाँचको आधारमा ३५ हजार ७७८.१० क्वीफिट काठ र ४९.२३ चट्टा दाउरा संकलन हुनु पर्नेमा नाँपजाँच मूल्याङ्कन परिमाण भन्दा कम परिमाणमा काठ उत्पादन संकलन भएको देखाई मिलेमतोमा गोरखा मनकामना काष्ठ फर्निचर उद्योग काठमाडौंले संकलन उत्पादन गर्न ठेक्का लिएको प्लट नं बी१सी५एस४एफ१ बाट काठ दाउरा, फाएरलाईन १, ढलापडा प्लट र फाएरलाईन २ को गरी चारवटै प्लटको जम्मा ९ लाख ३९ हजार १३५‍.४० मूल्य बराबरको वन पैदावार हिनामिना गरेको अख्तियारको आरोप छ।

दुवै प्लटहरुबाट जम्मा १९ लाख ७३ हजार ५८ रुपैयाँ २५ पैसा बराबरको वन पैदावर हिनामिना हानिनोक्सानी भएकोमा ६ वटा कटान प्लटबाट जम्मा ६७६१.२४ क्यू.फिट काठ तथा ४.५४ चट्टा दाउरा कम उत्पादन र संकलनसमेत हुनगई आव २०७४.०७५ र २०७५.०७६ राजश्वको दररेट अनुसार जम्मा विगो २९ लाख १२ हजार १९३ रुपैयाँ ६५ पैसा बिगो राखि विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .