ad ad

समाज


सिरहामा १५ महिने बालिकाको शव पोखरीमा, हत्याको आशंका

सिरहामा १५ महिने बालिकाको शव पोखरीमा, हत्याको आशंका

शैलेन्द्र महताे
माघ २८, २०७६ मंगलबार १३:५९,

सिरहामा १५ महिने बालिकाको शव प्लास्टिकमा राखेर फालिएको अवस्थामा पोखरीमा फेला परेको छ। सोमबार अपराह्न हराएकी बडियारपट्टी गाउँपालिकाका स्थानीय देवेन्द्र यादवकी १५ महिने छोरी आशिका यादवको शव घर नजिकैको पोखरीमा प्लाष्टिकको वोरामा पोकोपारी फालिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

बालिका सोमबार अरान्ह हराएपछि घरपरिवार र प्रहरीले खोजविन गरिरहेको क्रममा मंगलबार अपरान्ह बालिकाको शव पोखरी फेला परेको हो। बालिकाको कसैले हत्या गरि फालेको हुन सक्ने आशंका गरिएको छ। आगनमा खेल्न छोडेर घरमा पुरी पकाउँदै गर्दा छोरी हराएको बालिका हराएकी थिइन्।

छोरी खोज्दा नभेटेपछि रातभर खोजतलास गरेपनि बालिका फेला नपरेपछि राती नै प्रहरीलाई घरपरिवारले प्रहरीमा खबर गरेको थियो। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता विनोद घिमिरेले बालिका डुवेर मरेको वा मारेर पोखरीमा फालिएको भन्ने भन्ने विषयमा अनुसन्धान भइरहेको र पोष्टमार्टमपछि मात्र खुल्ने बताए।

तर घटनाको प्रकृति हेर्दा हत्या भएकोजस्तो देखिएको उनको भनाई छ। बालिकाको शव पोस्टमार्टमको लागि लागि जिल्ला अस्पताल सिरहा लगिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .