काठमाडौं महानगरपालिकाले आफ्नै कार्यालय परिसरमा रहेको एउटा क्यान्टिन (चमेना गृह) लाई ५० हजार रुपैयाँ जरिवाना तिराएको छ।
काठमाडौं प्लाजास्थित नारायणी नारायणी चमेना गृहले बासी पकौडा बेचेको भेटिएपछि महानगरको बजार अनुगमन महाशाखाले ५० हजार रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको हो।
उक्त चमेना गृहलाई जरिवानास्वरुपको ५० हजार रूपैयाँ सात दिनभित्र महानगरको बजार अनुगमन समितिको खातामा जम्मा गराएर भौचर उपलब्ध गराउन निर्देशन दिइएको छ।
अनुगमन समितिले उक्त चमेना गृहले बासी पकौडा बेचेको भेट्टाएको थियो। त्यसैगरी खानेकुरा पकाउने तेल कयौँ पटक प्रयोग गरेको भेटिएको पनि महानगरले जनाएको छ।
246
Shares
प्रतिक्रिया