प्रहरीले रौतहटबाट स्रोत नहुनेको १० लाख रुपैयाँसहित दुईजना युवायुवतीलाई पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बन्जरहाबाट खटिएको प्रहरीको गस्ती टोलीले रौतहटको इशनाथ नगरपालिका- १ बाट १० लाख रुपैयाँसहित एक युवती र एक युवकलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा गाडी चालक मकवानपुरको हेटौँडा उपमहानगरपालिका- १४ निवासी २९ वर्षीया रामरति मोक्तान र सोही गाडीमा सवार मकवानपुकै मनहरी गाउँपालिका- १ का ३५ वर्षीय देवराज थिङ छन्।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र.३ ०१ ०२३ च ५३८५ नम्बरको गाडीबाट रकम बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक एलिजा गिरीले जानकारी दिइन्।
थिङले बोकेको कालो रंगको झोला खानतलासी गर्दा १० लाख रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ।
झोलामा फेला परेको रकमको स्रोत खुलाउन नसकेपछि उनीहरुलाई पक्राउ गरेर घटनाको अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
Shares
प्रतिक्रिया