देशभरका शिवालयहरुमा आज विधिपूर्वक शिवको पूजा, आराधना गरी शिवरात्रि पर्व मनाइँदै छ। महाशिवरात्रिमा भगवान् शिवको पूजा-आराधना गर्ने परम्परा छ।
काठमाडौँको पशुपतिनाथ मन्दिरमा यतिबेला दर्शनका भक्तजनको घुइँचो लागेको छ। शुक्रबार बिहान २ बजेदेखि नै पशुपतिनाथमा भक्तजन पुगेका थिए। भक्तजनको सहजताका लागि पशुपतिनाथका चारैवटै ढोका बिहान २ बजेदेखि नैखोलिएको छ।
एकैचोटीमा नौ देखि १० जनासम्मले दर्शन गर्न सक्ने गरी व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवणीरमण अधिकारीले जानकारी दिए।
पशुपतिमा शिवरात्रिमा भारतबाट समेत साधुसन्त र तीर्थयात्री आएका छन्। यस वर्षको महाशिवरात्रिमा कम्तीमा पनि २० लाख भक्तजनले पशुपतिको दर्शन गर्ने अनुमान कोषले गरेको छ।
हेर्नुहोस् तस्बिर
42
Shares
प्रतिक्रिया