ad ad

समाज


जसले दुईजना प्रहरीलाई चक्कु हाने, उनकै कारण अर्का प्रहरीले ज्यान गुमाए

जसले दुईजना प्रहरीलाई चक्कु हाने, उनकै कारण अर्का प्रहरीले ज्यान गुमाए

फाइल तस्बिर


नेपालखबर
फागुन २८, २०८० सोमबार १६:१९, काठमाडौँ

जिल्ला प्रहरी कार्यालय दार्चुला परिसरबाट हामफालेर भागेका महाकाली नगरपालिका–१ का उमेशसिंह कुँवर फेरि पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालयले थुनुवा कक्षबाट मुद्दा शाखा लगेर सोधपुछ गरिरहेका बेला हतकडीसहित हामफालेर महाकाली तर्दै भारत पसेका उनलाई तत्कालै पक्राउ गरिएको हो। 

उनी हत्कडी लगाएकै अवस्थामा भागेर महाकाली तरेका थिए। जिल्ला प्रहरी कार्यालयको पछाडिबाट हामफालेर भाग्ने क्रममा जवान चौधरीले सिंहलाई रोक्न खोजेका थिए।

हतकडीसहित हामफालेका कुवरसँगै हुत्तिएका चौधरी पनि भीरबाट खसे। प्रहरीका अनुसार करिब १ सय मिटर तल खसेका प्रहरी जवान चौधरीको ज्यान गएको छ।

सोमबार दिउँसो कुँवर जिप्रकाबाट हामफालेर महाकाली तर्दै भारततर्फ लागेपछि प्रहरी पनि त्यहीँ पुगेको थियो।

भारततर्फ भागेका सिंहलाई प्रहरीले त्यहाँस्थित गोरखा रेजिमेन्टको सहयोगमा पक्राउ गरेर हिरासतमा लिएको छ। 

गत माघ ७ गते ड्युटीमा खटिएका दुई प्रहरीलाई चक्कु हानेका कुँवरलाई फागुन २२ गते प्रहरीले नियन्त्रणमा लिएको थियो।

श्रीमती धनिषा कुँवरलाई कुटपिट गरेको भन्दै उजुरी आएपछि प्रहरीले उनलाई सोधपुछका पक्राउ गर्न गएको थियो।

तर उनले प्रहरी हवल्दार जयबहादुर खड्का र जवान डम्बरबहादुर ठगुन्नामाथि चक्कु हानेका थिए। चक्कु प्रहारबाट ठगुन्नाको आँखामा चोट लागेको थियो।

त्यसपछि कुँरविरुद्ध प्रहरीले अपहरण तथा बन्धक, ज्यान मार्ने उद्योग र जबरजस्ती करणीको मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .