ad ad

समाज


रोट्रयाक्ट डिस्टिकद्वारा २ दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम

रोट्रयाक्ट डिस्टिकद्वारा २ दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम

नेपालखबर
फागुन २८, २०८० सोमबार १६:२६, काठमाडौँ

रोट्रयाक्ट डिस्टिक ३२९२ नेपालले धुलिखेलमा २ दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। 

आगामी रोट्रयाक्ट वर्ष २०२४/२५ का लागि देशैभरका सम्पूर्ण  रोट्रयाक्ट क्लबहरूका पदाधिकारी एवम् सदस्यलाई रोट्रयाक्टसम्बन्धी प्रशिक्षकहरूलाई तालिम दिइएको हो। 

फागुन २५ र २६ गते धुलिखेलस्थित माउन्ट प्रिन्सेस होटेलमा भएको तालिममा प्रशिक्षकहरूलाई विभिन्न विषयमा केन्द्रित रहेर सैद्धान्तिक, ब्यवहारिक छलफल गराइएको थियो। 

उक्त अवसरमा रोट्रयाक्ट डिस्ट्रिक ३२९२ का डीआरआर रोशनकुमार कार्की, प्रशिक्षक नानीकाजी खड्का, प्रदीप धिताल,  २०२४/२५ का लागि  निर्वाचित डीआरआर दिनेश गैरे लगायतले तालिम दिए। 

आगामी रोट्रयाक्ट वर्ष २०२४/२५ लाई  फरक र प्रभावकारी बनाउने उद्देश्यले  देशभरबाट ४६ जना प्रशिक्षकहरूलाई प्रशिक्षक प्रशिक्षण दिइएको वर्ष २०२४/२५ का डीआरआर विक्रम क्षत्रीले बताए।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .