बाजुरा केन्द्रबिन्दु भएर सोमबार (आज) भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाजुराको जुगाडा केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो।
अपराह्न ४ बजेर ५७ मिनेटका गएको भूकम्पको धक्का केन्द्रबिन्दु आसपास क्षेत्रसम्म महसुस भएको भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले जानकारी दिए।
‘यो बझाङ भूकम्पको परकम्प हो’, उनले भने।
यसअघि शनिबार मात्र कास्कीको पार्चे केन्द्रबिन्दु भएर भूकम्प गएको थियो। त्योचाहिँ परकम्प नभई भूकम्पै थियो।
गत असोज १६ गते बझाङलाई केन्द्र बनाएर ६ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको थियो।
त्यसमा परी बझाङमा १ जनाको मृत्यु भएको थियो भने आसपासका जिल्लामा समेत गरी ३० जनाभन्दा बढी घाइते भएका थिए। सयौँ घर भत्किएका थिए।
त्यसयता कैयौँपटक परकम्प गइसकेका छन्।
132
Shares
प्रतिक्रिया