ad ad

समाज


एक्सप्रेस सेवाद्वारा मानवसेवा आश्रमलाई सहयोग

एक्सप्रेस सेवाद्वारा मानवसेवा आश्रमलाई सहयोग

नेपालखबर
चैत १, २०८० बिहिबार २०:८, काठमाडौँ

एक्सप्रेस सेवाले मानव सेवा आश्रम, रानीवन शाखालाई आर्थिक सहयोग गरेको छ।

बुधवार माईपे मनि ट्रान्सफरको संयोजकत्वमा मानवसेवा आश्रममा एक कार्यक्रम गर्दै एक्सप्रेस सेवाले आश्रमलाई २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो।

एक्सप्रेस सेवाले माईपे मनी ट्रान्सफरसँगको सहयोगमा उक्त आर्थिक सहयोग गरेको हो। कार्यक्रममा माईपे मनि ट्रान्सफरका डिरेक्टर अफ सेल्स किरण भट्टराईले आश्रमलाई उक्त रकमको चेक हस्तान्तरण गरेका थिए।

एक्सप्रेस सेवा मार्फत नेपालमा माईपे मनी ट्रान्सफरमा पठाएको पहिलो कारोबार रकम बराबर हुन आउने रु२५ हजार मानव सेवा आश्रममा सहयोग गरेको जनाएको छ। एक्सप्रेस सेवा मार्फत विश्वका विभिन्न ३५ भन्दा बढी देशहरूबाट नेपालमा रकम पठाउन सकिन्छ।

मनवसेवा आश्रमले अनाथ तथा असहाय मानिसहरूको लागि सहारा बन्दै आश्रय दिँदै आएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .