माेरङकाे विराटनगरस्थित नाेबेल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत एकजना नर्सकाे शव चोट लागेको अवस्थामा बाथरुममा भेटिएको छ।
सिरहा घर भई नोबेल मेडिकल कलेजमा कार्यरत चन्द्रिका कुमारी दासको शव उनले डेरा गर्दै आएको घरको बाथरुममा शुक्रबार भेटिएको हो।
नाेबेल अस्पतालदेखि उत्तरतिर डेरा गरेकाे घरकाे बाथरूममा धारिलो हतियारले चोट लागेको अवस्थामा उनको शव भेटिएको हो।
जिल्ला प्रहरी कार्यलय मोरङका अनुसार उनको शवको प्रारम्भिक अनुसन्धानबाट उनको हत्या भएको अनुमान गरिएको छ। यसबारे विस्तृत विवरण आउन बाँकी रहेको छ प्रहरीले जनाएको छ।
21.1k
Shares
प्रतिक्रिया