गुल्मीको एउटा परिवारले आफ्नो छोराको मृत्युपछि एकल बनेकी बुहारीको आफैँले अर्काे बिहे गराइदिएको छ।
गुल्मीको शान्तिपुर घर भई रुपन्देहीको बुटवल बस्ने लक्ष्मीधर गौतमको परिवारले छोरा ध्रुव गौतमको मृत्यु भएको ३ वर्षपछि उनकी पत्नी धना न्यौपानेलाई यही चैत ३ गते अन्माएर पठाएको हो।
श्रीमतीसँगै बुटवलमा इलेक्ट्रोनिक्स पसल सञ्चालनका क्रममा ३ वर्षअघि करेन्ट लागेर ध्रुवको मृत्यु भएको थियो। उनी २७ वर्षका थिए। ध्रुव र धनाबीच २०७४ मा विवाह भएको थियो। उनीहरूका सन्तान भने भएका थिएनन्।
२४ वर्षकै उमेरमा एकल बनेकी बुहारी धनाको मर्म बुझेर उनले मन पराएको अमृत पौडेलसँग बिहे गराइदिएको हो।
960
Shares
प्रतिक्रिया