ad ad

समाज


हत्याका योजनाकार १६ वर्षपछि पक्राउ

हत्याका योजनाकार १६ वर्षपछि पक्राउ

नेपालखबर
चैत ६, २०८० मंगलबार १५:२९, काठमाडौँ

ललितपुरको शंखमुलमा १६ वर्षअघि भएको हत्याको योजनाकार महिला पक्राउ परेकी छन्।

धादिङको साविक बुढाथुम गाविस–३-हाल गंगा जमुना गाउँपालिका–७० घर भई हाल ललितपुरको ढोलाहिटी बस्ने वर्ष ४१ की सबिता थापा (अधिकारी) भन्ने सोभिता थापा पक्राउ परेकी हुन्।

वि.स २०६४ साल असार २६ गते ललितपुर जिल्लाको ललितपुर महानगरपालिका–२२ शंखमुलस्थित तत्कालीन ईमाडोल गाविस–२ घर भएका वर्ष ३३ को धर्मराज विष्टको हत्या भएको थियो।

सबिता थापाको योजनामा उनका सहोदर भाई विनोद थापासहित तीन जनाको समूहले विष्टलाई कुटपिट गरी सख्त घाइते बनाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको थियो।

घटनापछि फरार रहेकी सबितालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चैत गते जिल्ला ढोलाहिटीबाट पक्राउ गरेको हो।

उनलाई आवश्यक कारबाही लागि जिल्ला अदालत ललितपुर बुझाइएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .