पोखराको सूर्यदर्शन सहकारी संस्थाका पीडित बचतकर्ताहरूले संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी दिएका छन्।।
कास्कीबाट काठमाडौँ आएका ७ जना पीडितले बिहीबार समितिका सभापति रामहरि खतिवडासमक्ष ध्यानाकर्षणसहित उजुरी बुझाएका हुन्।
उनीहरूले उक्त सहकारीका सञ्चालक जीबी राईसहित १४ जना प्रतिवादीलाई तुरुन्तै पक्राउ गर्न माग समेत गरेका छन्।
सिंहदरबारस्थित समितिको कार्यकक्षमा सभापति खतिवडासमक्ष पीडितहरूले आफ्ना मागहरू पढेर सुनाएका थिए।
बचत पीडित संघर्ष समितिका अध्यक्ष किरण श्रेष्ठसहितको टोलीले जिल्ला प्रहरी कार्यालय कास्कीको अनुसन्धाबाट किटान गरेका व्यक्तिलाई कारबाही माग गरेका हुन्।
‘सडकदेखि सदनसम्म, डिफ्युजनदेखि रेड नोटिससम्म आइपुग्दा पनि यस सूर्यदर्शन सहकारीका अन्य १४ जना प्रतिवादी पक्राउ पर्न सकेका छैनन्। यिनीहरूलाई हाम्रो कुन राज्य व्यवस्थाले संरक्षण दिइराखेको छ?’, मागपत्रमा उल्लेख छ।
Shares
प्रतिक्रिया