ad ad

समाज


सीआईबीमा फेरिए एकसाथ ४ डीएसपी

सीआईबीमा फेरिए एकसाथ ४ डीएसपी

नेपालखबर
चैत ८, २०८० बिहिबार १३:३२, काठमाडौँ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा एकसाथ चार अनुसन्धान अधिकृत परिवर्तन गरिएको छ।

सीआईबीमा कार्यरत चार जना पिलर प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई अन्यत्र पठाएर नयाँलाई सीआईबीमा ल्याइएको छ। 

सुनको अवैध चोरी पैठार जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदनपछि सीआईबी प्रमुखसहित चार जनालाई सरुवा गरिएको थियो।

सीआईबी प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यलाई कार्य विभागमा सरुवा गर्दै कार्यविभागका एआईजी श्यामलाल ज्ञवालीलाई सीआईबीको जिम्मा दिइएको थियो। 

यस्तै सीआईबीमा हुँदा सुन प्रकरणको अनुसन्धान गरेका एसपी सञ्जयसिंह थापा नुवाकोट पुगेका थिए।

नुवाकोटबाट उनलाई पनि सरुवा गरिएको थियो। सीआईबीकै दुई जना डीएसपीहरु रुगम कुँवर र दुर्गा प्रसाद दाहाललाई पनि सोही प्रतिवेदन बुझाउनासाथ सरुवा गरिएको थियो।

बुधबार १४१ जना डीएसपी सरुवा गर्दा थप दुई डीएसपी पनि सीआईबीबाट सरुवा भएका हुन्। डीएसपी मदनजित महरा र डा. तपनकुमार दाहाललाई बुधबार सरुवा गरिएको हो। तर सबै डीएसपीलाई नियमित सरुवा गरिएको हो।

जिल्ला प्रहरी कार्यालय डोटीमा कार्यरत डीएसपी निशान्त श्रीवास्तव सीआईबीको  पिलर ७ अनुसन्धान तथा कारबाही शाखामा सरुवा भएका छन्। यसअघि यहाँ मदनजित महरा कार्यरत थिए।

जिल्ला प्रहरी कार्यालय रोल्पाबाट श्याम कुमार सारु मगरलाई पनि सीआईबीमा ल्याइएको छ। उनलाई सीआईबीको मानव स्रोत व्यवस्थापन शाखाको जिम्मा दिइएको छ। यसअघि डा. तपन कुमार दाहालले हेर्दै आएका थिए।

इलाका प्रहरी कार्यालय बाँकेबाट सुन्दर तिवारी सीआईबीको पिलर ८ सूचना संकलन, विश्लेषण र अभिलेख व्यवस्थापन शाखामा आएका छन्। यहाँ कार्यरत रुगम कुंवर सुन प्रकरणका कारण यसअघि नै हेडक्वार्टर तानिएका थिए।

यस्तै प्रहरी प्रधान कार्यालय जाहेरी शाखाबाट सुवास हमाललाई पनि सीआईबी लगिएको छ। उनलाई ब्युरो पिलर ५ मा फरार अभियुक्तहरुको पहिचान, पक्राउ शाखाको जिम्मेवारी दिइएको छ। यसअघि दुर्गा प्रसाद दाहाल यहाँ कार्यरत थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .