सुनसरीस्थित धरान उपमहानगरपालिका–१६ की २१ वर्षीया सुमना श्रेष्ठको हत्यामा संलग्न आरोपमा पक्राउ परेका युवकलाई प्रहरीले आज (शुक्रबार) सार्वजनिक गर्दै छ।
इलाका प्रहरी कार्यालय धरानका अनुसार सुमना हत्याको आरोपमा उनकै प्रेमी धरानकै २१ वर्षीय बाबुराम भुजेललाई पक्राउ गरिएको हो।
उनलाई अहिले केही बेरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।
घटनाको विस्तृत विवरण भने पत्रकार सम्मेलमै सार्वजनिक गरिने प्रहरीले जनाएको छ।
सुमनाको शव बुधबार दिउँसो २ बजे स्थानीयले घोपा क्याम्प र डिपोट स्कुलबीच खोल्सामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।
प्रहरीले घटनाका दिन सुमना र ती युवक (बाबुराम भुजेल) एउटै स्कुटरमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छिरेको विवरण पत्ता लगाएको छ। सीसीटीभी फुटेजमा उनीहरू एउटै स्कुटर चढेको देखिएको हो।
Shares
प्रतिक्रिया