ad ad

समाज


टिपरको ठक्करबाट विराटनगरमा दुई विद्यार्थीको मृत्यु, एक घाइते

टिपरको ठक्करबाट विराटनगरमा दुई विद्यार्थीको मृत्यु, एक घाइते

नेपालखबर
फागुन ३, २०७६ शनिबार ९:३४,

विराटनगर महानगरपालिका–४ को विराटनगर–धरान सडक खण्डमा टिपरको ठक्करबाट दुई जना मोटरसाइकलमा सवार विद्यार्थीको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शनिबार विराटनगरबाट इटहरीतर्फ गइरहेको को १ ख ७३०९ टिपरले र सोही दिशातर्फ गइरहेको प्र २–०१–००१प १६०८ नं को मोटर साइकललाई महानगर स्वागतद्वारस्थित ठक्कर दिंँदा दुई जनाको मत्यु भएको हो भने दुर्घटनामा अर्का एक घाइते भएका छन्।

मृत्यु हुनेमा सप्तरीको पतरा निवासी २२ वर्षीय हरेराम साह र सिरहा जिल्ला सुखिपुरका १९ वर्षीय ओजिर रायन रहेका छन्। सप्तरीको रुपनी निवासी २० वर्षीय धनराज यादव घाइते रहेको प्रहरीले जनाएको छ।

तीन जना सवार मोटरसाइकल ओभरटेकका क्रममा ठक्कर खाँदा उक्त दुर्घटना भएको हो। ती विद्यार्थी गोल्डक पार्क कलेजमा ओभरसिरयरमा अध्ययनरत रहेका छन्।

घाइते यादवको प्रादेशिक (कोशी) अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटना गर्ने चालक र टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .