ad ad

खेल


मछिन्द्रले पहिलोपटक उचाल्यो ए डिभिजन लिगको उपाधि

मछिन्द्रले पहिलोपटक उचाल्यो ए डिभिजन लिगको उपाधि

लक्ष्मी जि.सी
फागुन ३, २०७६ शनिबार ९:२७,

लिगको अन्तिम खेलमा जित्नै पर्ने दबाबका बिच मछिन्द्रले नेपाल आर्मीलाई १–० गोलले पराजित गरेको हो।

आजको खेलमा बराबरी खेलेको भएपनि आर्मीले उपाधि उचाल्ने थियो। लिगको १२ खेल सम्पन्न भइसक्दा शीर्ष स्थानमा रहेको आर्मीको २९ अंक थियो दोस्रो स्थानको मछिन्द्र एक अंकले मात्र आर्मीभन्दा पछि थियो।

आर्मीलाई पराजित गर्दै मछिन्द्रले ३१ अंक जोड्दै लिग उपाधि पहिलोपटक जितेको हो। यससँगै आर्मी २९ अंकसहित दोस्रो स्थानमा सिमित बन्यो।

मछिन्द्रले पहिलो हाफको ३३ औं मिनेटमै सुरुवाती गोलको अग्रता लिएको थियो। रन्जीत धिमालको फ्रिकिक बल बिकाश तामाङलाई लागेर डिफ्लेक्ट हुँदै आर्मीको पोस्टमा पुगेको थियो।

पहिलो हाफमै मछिन्द्रले गोल गरेपछि खेल निकै रोमान्चक बनेको थियो। तर निकै आक्रमक रुपमा प्रस्तुत भएको आर्मीले पाएको अवसर पनि गुमाउँदा कुनै गोल गर्न सकेन। अन्ततः खेल १–० मै सम्पन्न भयो।

यससँगै उपाधि विजेता मछिन्द्रले ५० लाख जितेको छ भने उपविजेता आर्मीले ३५ लाख रुपैयाँ जितेको छ।

यस सिजन सरस्वती युथ क्लब १३ खेलमा मात्र ४ अंक जोड्न सफल भयो। सरस्वती एक खेल अगावै बी डिभिजनमा रेलिगेट भएको छ।

लिगका उत्कृष्ट

युवा खेलाडीः दर्शन गुरुङले प्राप्त गरे १ लाख रुपैयाँ

गोलरक्षकः  मनाङका दीप कार्कीले पाए १ लाख ५० हजार

मिडफिल्डरः मछिन्द्रका विशाल राईले पाए १ लाख ५० हजार

फरवार्डः आर्मीका भरत खवासले पाए १ लाख ५० हजार

प्रशिक्षकः मछिन्द्रका प्रबेश कटवाल

लिगका शीर्ष पाँच टोली

१. मछिन्द्र क्लबः ३१ अंकसहित शीर्ष स्थानमा
२. त्रिभुवन आर्मी क्लबः २९ अंकसहित दोस्रो स्थानमा
३. मनाङ मर्स्याङ्दीः २८ अंकसहित तेस्रो स्थानमा
४. थ्रीस्टार क्लबः २६ अंकसहित चौथौं स्थानमा
५. नेपाल पुलिस क्लबः २० अंकसहित पाँचौ स्थानमा

हालसम्मका ए डिभिजन लिग विजेता

मछिन्द्र क्लब १ः वि.सं २०७६
मनाङ मर्स्याङ्दीः ८ - २०४३,२०४४, २०४६, २०५७, २०६०, २०६२, २०७०, २०७५
आरसीटी ६ - २०२८, २०२९, २०३०, २०३६, २०३८, २०४१
थ्री स्टार ४ - २०५४, २०५५, २०६१, २०६९
एनआरटी ४- २०१७, २०१९, २०३५, २०५२
नेपाल पुलिस ३- २०६३, २०६७, २०६८
संकटा ३- २०३७, २०४०, २०४२
महावीर ३- २०११, २०२३, २०२६

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .