गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले बालकुमारी घटनाको प्रतिवेदन अध्ययनको चरणमा रहेको बताएका छन्।
संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले यो जानकारी दिएका हुन्।
गत पुस १३ ग ते ललितपुरको बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयलाई लिएर भएको प्रदर्शनका क्रममा प्रहरीको बल प्रयोग गर्दा २ जनाको मृत्यु भएको थियो। अछाम, चौरपाटीका वीरेन्द्र शाह र दैलेख महाबुका सुजन राउतको मृत्यु भएको उक्त घटनालाई लिएर सरकारले न्यायिक जाँचबुझ आयोग गठन गरेको थियो।
हाल शान्ति सुरक्षाको अवस्था सामान्य रहेको र बन्द हडतालका कार्यक्रम नरहेको उनको भनाइ छ। पर्यटक संख्या भएको र एक महिनामा एक लाख पर्यटक भित्रिएको पनि उनले समितिमा जानकारी गराए।
अपराध नियन्त्रण र सीमा सुरक्षामा विशेष सरकारले विशेष ध्यान केन्द्रित गरेको उनले बताए। आत्महत्या, बैंकिङ कसुर, चोरी र हत्याजस्ता घटना अन्यभन्दा ८० प्रतिशतले बढेको जानकारी पनि उनले दिए।
प्रमुख जिल्ला अधिकारीलाई प्रभावकारी सेवा, नियमन र उद्धारका लागि निर्देशन दिएको उनको भनाइ थियो।
Shares
प्रतिक्रिया