होली खेल्नेक्रममा सुनकोसी नदीमा नुहाउन जाँदा बेपत्ता भएका तीन बालबालिका मृत फेला परेका छन्।
चैत ११ गते त्रियुगा नगरपालिका–१४ स्थित धाप्लाङमा होली खेलेर पौडी खेल्न गएका ३ बालबालिकालाई सुनकोशी नदीले बगाउँदा बेपत्ता भएका थिए।
उनीहरू सबै मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार ९ वर्षीय रिदम मगरको मंगलबार शव घटनास्थलदेखि झण्डै डेढसय मिटर तल घिर्लिङ भन्ने स्थानमा फेला परेको थियो।
यस्तै, आज १४ गते विहान धाप्लाङ घाट भन्दा आधा किलोमिटर तल सिम्ले दुर्गे ढुङ्गा भन्ने स्थानमा त्रियुगा–१४ साउनेका वर्ष १२ की रेखा मगरको लास ढुङ्गाको च्यापमा पानीमा तैरेको अवस्थामा स्थानीयले फेला पारेका थिए।
यसैगरी आज अपरान्ह घटनास्थल धाप्लाङ घाट भन्दा ८ किलोमिटर तल त्रियुगा–१४ कम्पुघाट भन्ने स्थानमा मेहरमान मगरको छोरा वर्ष १२ को लोक बहादुर मगर को शव फेला परेको छ।
प्रहरीले मृतकको शव पोष्ट मार्टमका लागि जिल्ला अस्पताल उदयपुर लगेको जनाएको छ।
Shares
प्रतिक्रिया