ad ad

समाज


सकेट बम र रेडबुल बमसहित ५ जना पक्राउ

सकेट बम र रेडबुल बमसहित ५ जना पक्राउ

नेपालखबर
फागुन ३, २०७६ शनिबार १५:४४,

संखुवासभाको चैनपुर नगरपालिका १ गुफापोखरीस्थित दोभानेबाट सकेट बम १ थान, रेडबुल बम १ थान र बिभिन्न कागजातहरु सहित ५ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा चैनपुर नगरपालिका ४ बस्ने २७ वर्षीय सन्तोष तामाङ, अजय शेर्पा, सभापोखरी गाउँपालिका ३ बस्ने एलिना राई, भोजपुर षडानन्द नगरपालिका १० बस्ने प्रभा तामाङ र ताप्लेजुङ तातोपानी गाउँपालिका १ बस्ने निमनेम्बा शेर्पा रहेको नेपाल प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले उनीहरुलाई शंकास्पद अवस्थामा फेला पारी पक्राउ गरी तलासी गर्दा ती बिष्फोटक पदार्थहरु र बिभिन्न कागजातहरु फेला पारेको हो।

त्यसबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .