काठमाडौं महानगरपालिकाले निजी विद्यालयको नाम नेपालीकरण गर्न एक महिनाको समयसीमा दिएको छ।
महानगरपालिकाले बिहीबार सार्वजनिक सूचना निकालेर निजी विद्यालयको नाम नेपालीकरण गर्न एक महिनाको समय दिएको हो।
शिक्षा नियमावली २०५९ को नियम १५४ (१) तथा काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ७० मा व्यवस्था भएअनुसार नेपालीपन झल्कने गरी विद्यालयको नाम राख्नुपर्ने महानगरले जनाएको छ।
महानगरपालिकाको शिक्षा विभागले निकालेको सूचनामा नेपालीपन झल्किने गरी विद्यालयको नाम राख्न प्रक्रिया अघि बढाई एक महिनाभित्र विद्यालय व्यवस्थापन समितिको निर्णयसहित निवेदन दिन भनेको छ।
'काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ७० मा ब्यवस्था भए बमोजिम नेपालीपन झल्किने गरी विद्यालयको नामाकरण गर्नुपर्ने व्यवस्था भएतापनि काठमाडौं महानगरपालिका अन्तर्गतका अधिकांश संस्थागत विद्यालयहरुको नाम नियमावलीमा भएको व्यवस्था बमोजिम भएको नदेखिएकाले नेपालीपन झल्कने नाम नभएका विद्यालयले नियमावलीमा व्यवस्था भए बमोजिम विद्यालयको नामाकरण गर्न प्रक्रिया अघि बढाई १ महिनाभित्र विद्यालय व्यवस्थापन समितिको निर्णयसहित यस विभागमा निवेदन पेश गर्नहुन अनुरोध छ', महानगरले भनेको छ।
Shares
प्रतिक्रिया