ad ad

समाज


अर्थमन्त्रीले हर्क सम्पाङलाई भने : खानेपानीबारे तपाईंको अभियानमा म पनि साथमै छु

अर्थमन्त्रीले हर्क सम्पाङलाई भने : खानेपानीबारे तपाईंको अभियानमा म पनि साथमै छु

तस्बिर : अर्थमन्त्रीको सचिवायल


नेपालखबर
चैत १८, २०८० आइतबार १३:५७, काठमाडौँ

अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले धरानबासीलाई पिउने पानीको व्यवस्था गर्न सरकार गम्भीर रहेको बताएका छन्। 

आइतबार बधाई दिन मन्त्रालय आएका धरान उपमहानगरपालिकाका मेयर साम्पाङ राईसँग मन्त्री पुनले धरानको खानेपानी समस्याबारे आफू जानकार रहेको बताए। 

मन्त्री पुनले खानेपानीको दुःखले कतिपय सर्वसाधारण धरानबाट बसाइँ सरेर अन्यत्र गएकोसमेत आफूले सुनेको उल्लेख गरे। 

सरकारले जनतालाई स्वच्छ खानेपानीको व्यवस्थापन गर्न योजना बनाएको जानकारी भेटका क्रममा पुनले दिए। 

‘धरान धेरै राम्रो र सुन्दर सहर हो, त्यहाँ म केही समय बसेको पनि छु’, उनले भने, ‘खानेपानी समस्याबारे जानकारी छ। यो बजेटमार्फत केही न केही समाधान खोज्ने प्रयास हुनेछ।’ 

मन्त्री पुनले खानेपानी आयोजनाको माग सम्बन्धित मन्त्रालयबाट आउनुपर्ने भएकाले खानेपानी तथा सरसफाइ मन्त्रालयसँग पनि कुरा गर्न साम्पाङलाई सुझाए। 

‘म पनि सम्बन्धित मन्त्रालयसँग कुरा गर्छु। यहाँले पनि उताबाट योजना माग गर्नुहोला’, मन्त्री पुनले, ‘म तपाईंको अभियानमा सँगै हुनेछु।’ 

मेयर साम्पाङले धरानबाट करिब १५ किलोमिटर दूरीमा पर्ने चतरास्थित सप्तकोसी नदीबाट लिफ्टिङ गरी पानी ल्याउन सकिने विकल्पबारे मन्त्री पुनलाई अवगत गराए। 

उक्त आयोजनाका लागि करिब ५ अर्ब बजेट आवश्यक पर्ने प्राविधिक अनुमान गरिएको उनले बताए। 

मेयर साम्पाङले अर्थमन्त्री पुनबारे आममानिसमा सकारात्मक धारणा रहेको पाएकाले आफू योजना माग्न आएको उल्लेख गरे। मन्त्री पुनले पनि राईको काम गर्ने शैलीको प्रशंसा गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .