उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किएका छन्। चीनका परराष्ट्रमन्त्री वाङ यीको निमन्त्रणामा यही चैत ११ देखि १९ गतेसम्म नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उपप्रधानन्त्री श्रेष्ठ चीन गएका थिए। चीनमा रहँदा उनले महत्वपूर्ण राजनीतिक भेटवार्ता गरेका छन्। प्रकाशित: चैत १९, २०८० सोमबार १२:३४ 3 Shares
प्रतिक्रिया