ad ad

समाज


वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको निष्कर्ष, फाइल विशेष अदालतमा

वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको निष्कर्ष, फाइल विशेष अदालतमा

फाइल तस्बिर


नेपालखबर
चैत २२, २०८० बिहिबार १३:४७, काठमाडौँ

नेपाल वायु सेवा निगमका लागि दुईवटा वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको निष्कर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निकालेको छ।

उक्त विमान खरिदमा भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियारले मुद्दा चलाउन फाइल विशेष अदालतमा पठाएको छ। 

अख्तियारले उक्त प्रकरणमा राजनीतिक नेतृत्व र तत्कालीन मन्त्रीहरूलाई समेत जोडेर ३० जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाउन लागेको हो। 

आयोगको बैठकले वाइडबडी जहाज खरिदमा भ्रष्टाचार भएको निष्कर्षसहित भ्रष्टाचार मुद्दा दर्ता गर्ने निर्णय गरेको हो। यो प्रकरणमा सम्भवत: बिहीबार नै विशेष अदालतमा मुद्दा दर्ता हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .