ad ad

समाज


महानगर भन्छ : साई सहकारी हिनामिनामा निकिता पौडेलको संलग्नता देखिएन

महानगर भन्छ : साई सहकारी हिनामिनामा निकिता पौडेलको संलग्नता देखिएन

फाइल तस्बिर


नेपालखबर
चैत २२, २०८० बिहिबार १८:१५, काठमाडौँ

काठमाडौं महानगरपालिकाले बिजुलीबजारमा रहेको साई स्वागत बचत तथा ऋण सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा गृहमन्त्री रवि लामिछाने पत्नी निकिता पौडेलको संलग्नता नरहेको भनेर दिएको पत्र सार्वजनिक भएको छ।

महानगरको सहकारी विभागले गत असार ११ गते नै निकितासमेत सञ्चालक रहेको भनिएको उक्त सहकारीबाट उनी यसअघि नै अलग भइसकेको पत्र दिएको पाइएको छ।

बचतकर्ताले सञ्चालक समितिबाट रकम हिनामिना गरेको भन्दै बचत फिर्ता दिन उजुरी दिएपछि महानगरको सहकारी विभागले बुधबार मात्रै उसको कार्यालयमा छापा हानेको थियो।

अनुगमनमा संलग्न एक सदस्यका अनुसार महानगरको टोलीले सहकारी कार्यालयबाट सहकारीको सफ्टवेयर सिस्टम ल्याइसकेको छ।

पछिल्लो साधारणसभाको उपस्थिति निर्णयसहित माइन्युट, सहकारीबाट ऋण लिने ऋणीको विवरण, बचतकर्ताको विवरण, धेरै ऋण लैजाने ऋणी र सञ्चालक समितिका सदस्यहरूको विवरण पनि टोलीले ल्याएको छ।

साई स्वागत बचत तथा ऋण सहकारी संस्था उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेल जोडिएको संस्था हो।

महानगर सहकारी विभागमा पौडेल जमानी बसेर ऋण दिएको मान्छे नै भागेको भन्दै उजुरी आएको थियो। सहकारीका निवर्तमान उपाध्यक्ष उनी हाल त्यहाँबाट अलग रहेको बताइएको थियो। 

महानगरको पत्र
सत्तारुढ रास्वपाका नेताहरू एकपछि अर्को सहकारी हिनामिना प्रकरणमा मुछिएका बेला काठमाडौं महानगरको सहकारी विभाग प्रमुख बलराम त्रिपाठीले निकितालाई दिएको पत्र बाहिरिएको हो। 

गत असार ११ गतेको मितिमा दिइएको उक्त पत्रमा बिजुली बजारस्थित साई सहकारीबाट निकिताले २०७७ असोज ८ गते नै राजीनामा दिइसकेको उल्लेख गरिएको छ।

निकिताले उक्त सहकारीमा आफ्नो कुनै जिम्मेवारी नरहेको पुष्ट्याइँ हुने प्रमाण खोजेपछि महानगरले उनको नाममा एक पत्र दिएको भेटिएको हो। 

महानगरका अनुसार साई स्वागत बचत तथा ऋण सहकारी संस्थाबाट निकिताले २०७७ असोज ८ गते दिएको राजीनामा २०८० असार ९ गते स्वीकृत भएको देखिएको छ।

उक्त सहकारी व्यवस्थापक दिल बहादुर बस्नेतबाट २०८० असार १० गते जारी भएको पत्रलाई उद्धृत गर्दै संस्थाको उपाध्यक्ष निकिता पौडेलले २०७७ असोज ८ गते राजीनामा पेश गरेको महानगरले जनाएको छ।

निकिताको राजीनामा गत असार ९ गते स्वीकृत भएको जानकारी अध्यक्षले संस्थामा दिनुका साथै सञ्चालक समिति तथा साधारण सभाको निर्णय पुस्तिकामा पनि उनको उपस्थिति रहेको नदेखिको महानगरले जनाएको छ।

'उक्त निर्णयपश्चात उक्त सहकारीमा उहाँ (निकिता) को कुनै किसिमको संग्लनता नरहेको भनी उल्लेख भएको हुँदा त्यसको व्यहोरा जानकारीका लागि अनुरोध छ', महानगरको सहकारी विभाग प्रमुख बलराम त्रिपाठीले भनेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .