किशोरीहरुलाई यौनकार्यमा लगाएको अभियोगमा तारकेश्वर नगरपालिका-११ हिलेटोलस्थित पश्चिम युना खाजाघरकी सञ्चालक पक्राउ परेकी छन्।
प्रहरीले हिलेटोलमै बस्ने बर्दिया बाँसगढी नगरपालिका-१ की २६ वर्षीया मुनु गुरूङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।
उक्त खाजाघरमा नाबालिकाहरूलाई विभिन्न डरत्रास र प्रलोभनमा पारी यौनधन्दामा लगाउने गरेको सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले मुनुलाई सोही टोलबाट पक्राउ गरेको हो।
उक्त खाजाघरबाट २ जना नाबालिकासहित ७ जना युवतीहरूको प्रहरीले उद्दारसमेत गरेको छ।
उनीविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीले अनुसन्धान गरिरहेको छ।
180
Shares
प्रतिक्रिया