रामेछापमा सहकारी ठगेर भागेको आरोपमा एक व्यक्ति काठमाडौँबाट पक्राउ परेका छन्।
रामेछापको सुनापाति १ घर भई हाल काभ्रेको बनेपा नगरपालिका- ७ मा बस्दै आएका ३४ वर्षीय कुमार गौतमलाई काठमाडौँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
सुनापतिस्थित पुण्यश्वर बचत तथा ऋण सहकारी संस्थाको प्रमुख कार्यकारी निर्देशक रहेका गौतमलाई काठमाडौँको मुलपानीबाट प्रहरीले पक्राउ गरेका हो।
उनलाई जिल्ला प्रहरी कार्यालय काभ्रेको हिरासतमा राखेर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
93
Shares
प्रतिक्रिया