ad ad

समाज


बतास फाउण्डेशनको आयोजनामा ४७ युनिट रक्तदान

बतास फाउण्डेशनको आयोजनामा ४७ युनिट रक्तदान

नेपालखबर
फागुन ६, २०७६ मंगलबार १५:५६,

बतास फाण्डेशनले सोमबार पोखरामा आयोजना गरेको खुला रक्तदान कार्यक्रमबाट ४७ युनिट रगत संकलन भएको छ। पोखरा महानगरपालिका–९,नयाँबजारस्थित बतास शोरुमको प्राङ्गणमा आयोजना भएको कार्यक्रममा रक्तसञ्चार केन्द्र पोखराले प्राविधिक सहयोग उपलव्ध गराएको थियो।

बतास व्रदर्शका चिफ अपरेटिङ अफिसर राजेश रानाभाटले पहिलो रक्तदाता प्रविणकुमार श्रेष्ठलाई व्लड व्याग हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए। संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम आयोजना गरिएको रानाभाटले बताए।

‘फाउण्डेशनका माध्यमबाट बतास अर्गनाइजेशनले विभिन्न सामाजिक कार्य गर्दै आएको छ। रक्तदान जस्तो पवित्र कार्यक्रम लगायतका गतिविधिका माध्यमबाट समाजलाई हित हुने कार्यमा हाम्रो सदैव हाम्रो योगदान रहने छ’ रानाभाटले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .