ललितपुरको गोदावरी नगरपालिका–४ बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलोले एकजनाको ज्यान गएको छ।
मंगलबार वनमा लागेको आगो निभाउने क्रममा दुईजना घाइते भएकोमा कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि पठाइएको थियो।
शङ्कर पहरीको उपचारका क्रममा मृत्यु भएको र रमेश पहरीको उपचार भइरहेको प्रहरीले जनाएको छ।
आनन्द वनमा डढेलो फैलिएसँगै त्यहाँ सञ्चालित कुष्ठरोग अस्पताल जोखिममा परेको छ।
आगो अस्पताल नजिकै पुगेपछि त्यहाँका बिरामीलाई अन्यत्र सारिएको छ। ९३ जना बिरामीलाई सुरक्षित ठाउँमा सारिएको सुवेदीको भनाइ छ। यस्तै, डढेलोमा फसेका १५ जनाको पनि उद्धार गरिएको छ।
प्रहरी, सशस्त्र र स्थानीयले दमकलको सहायतामा डढेलो नियन्त्रणमा लिएका छन्।
30
Shares
प्रतिक्रिया