ad ad

समाज


काठमाडौंमा सीप मेला सुरु, २०८१ जनालाई रोजगारी दिने लक्ष्य (तस्बिर)

काठमाडौंमा सीप मेला सुरु, २०८१ जनालाई रोजगारी दिने लक्ष्य (तस्बिर)

सरोज बैजु
बैशाख १९, २०८१ बुधबार १७:३८, काठमाडौँ

काठमाडौँमा सीप मेला आयोजना भएको छ।

काठमाडौँ महानगरपालिकाले काठमाडौंको टुँडिखेलमा सो मेलाको आयोजना गरेको हो।

महानगरकी उपमेयर सुनीता डंगोलले सो मेलामार्फत एक महिनामा २ हजार ८१ जनालाई रोजगारीमा जोड्ने उद्देश्य रहेको बताएकी छन्।

शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग र श्रमलाई बजारसँग जोडनका लागि सो मेलाको अवधारणा अघि सारिएको पनि उनले स्पष्ट पारिन्।

मेलामा तालिमका लागि अटो मोबाईल्स, हस्पिटालिटी एण्ड म्यानेजमेण्ट, सूचना प्रविधि, वेल्डिङ, गार्मेन्टस, व्युटिसिएन, डिजाईनिङ र पुरोहित रहेका छन्। सो तालिमको अन्तिम दिन रोजगार मेला हुने पनि काठमाडौँ महानगरपालिकाले जनाएको छ।

मेलाका केही तस्बिर-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .