काठमाडौंमा एक व्यक्ति श्रीमतीको हत्या गरेर आफैं प्रहरी कार्यालय पुगेका छन्।
काठमाडौं महानगरपालिका–६, भूगोलडाँडा डेरा गरी बस्ने ३२ वर्षीया अनिसा परियारलाई कुटपिट गरी उनका श्रीमानले हत्या गरेको प्रहरीले जनाएको छ।
ओखलढुंगा घर भएका सन्तोष परियार बुधबार बिहान श्रीमतीको हत्या गरेर आफैं प्रहरी कार्यालय पुगेका हुन्।
श्रीमतीलाई कुटपिट गरी हत्या गरेको भनी परियारले प्रहरी वृत्त बौद्धमा गएर जानकारी गराएका थिए।
अनि उनलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान अगाडि बढाएको काठमाडौं प्रहरी परिसरले जनाएको छ।
84
Shares
प्रतिक्रिया