कैलालीस्थित कर्णाली नदीमा नुहाउने क्रममा एक व्यक्ति डुबेर बेपत्ता भएका छन्।
मोहन्याल गाउँपालिका–७ बस्ने वर्ष ५५ को दिलबहादुर शाही नदीमा डुबी बेपत्ता भएको प्रहरीले जनाएको छ।
सोसम्बन्धी खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय, चिसापानीबाट गएको प्रहरी टोलीले उनको खोजी गरिरहेको छ।
साथै घटनाबारे आवश्यक अनुसन्धान भइहेको प्रहरीले जनाएको छ।
24
Shares
प्रतिक्रिया