ad ad

समाज


चितवनका डा.विभु पौड्याल लन्डनको किङ्स कलेजमा बने प्रोफेसर

चितवनका डा.विभु पौड्याल लन्डनको किङ्स कलेजमा बने प्रोफेसर

नेपालखबर
बैशाख २१, २०८१ शुक्रबार ६:३९, लण्डन

बेलायतको लण्डनस्थित ऐतिहासिक युनिभरर्सिटी किङ्स कलेजमा नेपाली प्रोफेसर डा.विभु पौड्याल नियुक्त भएका छन्। किङ्स कलेज विश्वकै एक अग्रणी अनुसन्धान र शिक्षण संस्था हो।

पौड्याल कलेजमा स्वास्थ्य  सेवा अनुसन्धान र असमानता विषयमा हालै प्रोफेसर नियुक्त भएका हुन्। ४२ वर्षको उमेरमै उनी आधुनिक नर्सिङको जननीको रुपमा चिनिने ‘फ्लाेरेन्स नाइटिंगेल नर्सिङ, मिडवाइफरी र प्यालिएटिभ केयर’ संकायमा कार्यरत रहने भएकोले पनि अहिले प्रोफेसर पौड्यालको चर्चा छ। 

नेपालको चितवनमा जन्मेर हाल ललितपुर बस्दै आएका प्रोफेसर पौड्याल करिब १८ वर्षअघि अध्ययनका लागि बेलायत आएका थिए। 

उनले स्कटल्याण्डको एबरडिन युनिभरर्सिटीबाट क्लिनिकल फार्माकोलजीमा मास्टर डिग्रीमा युनिभरर्सिटी टप गरेका थिए। उनले त्यसपछि रोबर्ट गर्डन युनिभरर्सिटीबाट सन् २०११ मा विद्यावारिधि गरे।

अध्ययन पूरा गरेपछि उनी एबरडिन युनिभरर्सिटीमा र रोबर्ट गर्डन युनिभरर्सिटीमा केही वर्ष स्वास्थ्य अनुसन्धानमा कार्यरत रहे। पछिल्लो समय उनी बर्मिंघम युनिभरर्सिटीमा क्लिनिकल फारमाकोलेजी विषयमा लामो समयदेखि प्राध्यापन र अनुसन्धान गर्दै आएका थिए।

उनले पाकिङ्स्तानको बहाउद्दीन जकारिया युनिभरर्सिटीबाट फारमेसीमा स्नातक गर्दा पनि युनिभरर्सिटी टप गरेका थिए। त्यसपछि  उनी अध्ययनका लागि बेलायत आएका हुन्।

प्रोफेसर नियुक्त भएपछि नेपालखबरसँग कुरा गर्दै उनले विश्वको अग्रणी अनुसन्धान र शिक्षण संकायमा सामेल हुन पाउँनु सँच्चै सम्मानको कुरा भएको बताए। उनले भने, ‘उच्च गुणस्तरीय व्यावहारिक स्वास्थ्य अनुसन्धानको नेतृत्व गरी स्थानीय र विश्वव्यापी समुदायलाई फाइदा पुर्‍याउने आफनो लक्ष्य रहेको छ।’

नेपालको स्वास्थ्य सेवामा योगदान गर्न आफू सधैँ लागि पर्ने पनि उनले बताए। ‘नेपालमा विभिन्न स्वास्थ्यय विज्ञहरुसँग जाडिएर नेपालका विभिन्न युनिभरर्सिटी लगायत अरु संस्थासँग जोडेर स्वास्थ्यय अनुसन्धानहरु गर्दै आएका छौँ,’ उनले भने।

विगतका उनका अनुसन्धानले स्वास्थ्यमा असमानता र घरबारविहीनताको अनुभव गरिरहेका मानिसहरूले सामना गर्ने स्वास्थ्य सेवाको पहुँच बारेको अनुसन्धान बेलायतमा निकै चर्चा कमाएकाे थियो। 

‘’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .