ad ad

समाज


नेपालमा मानव अधिकारको अवस्था कमजोर

नेपालमा मानव अधिकारको अवस्था कमजोर

नेपालखबर
फागुन ७, २०७६ बुधबार १५:१४,

नेपालमा मानवअधिकार उल्लंघन र ज्यादतीका घटनाहरुमा वृद्धि भइरहेको एक तथ्यांकले देखाएको छ।

बुधबार अनौपचारिक सेवा केन्द्र (इन्सेक) ले सार्वजनिक गरेको प्रतिवेदनले सन् २०१८ भन्दा सन् २०१९ मा मानवअधिकार उल्लंघन र ज्यादतीका घटनाहरु बढेको देखिएको हो। सन् २०१८ मा ५ हजार १ सय १० जना पीडित भएकोमा सन् २०१९ मा यो संख्या १ हजार ५ सय ३२ ले बढेर ६ हजार ६ सय ४२ पुगेको छ।

मानव अधिकार अल्लंघनका घटनामा ६८ महिला र ८ सय ६२ पुरुष गरी ९ सय ३० जना पीडित रहेका छन् भने ५ हजार ५८ महिला र ६ सय ५४ पुरुष गरी ५ हजार ७ सय १२ ज्यादतीका घटनाबाट पीडित भएको इन्सेकले जनाएको छ। नेपाल मानव अधिकार पुस्तक अधिकार वर्ष पुस्तकको विमोचन कार्यक्रममा इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले यो वर्ष गोली लागेर भोजपुरमा २, सप्तरीमा १, सर्लाहीमा २, रुपन्देहीमा १ र कपिलवस्तुमा १ गरी सात जनाको मृत्यु भएको बताए।

यातनाका घटनाबाट १३ जना पीडित भएका छन्। गिरफ्तारीका घटनामा ७ सय २, जातीय विभेदका घटनामा ६२, अमानवीय व्यवहारका घटनामा ४०, भेला तथा संगठित हुने अधिकारमा ९८ र धम्कीका घटनामा ३५ जना पीडित भएका छैन। त्यस्तै कुटपिटका घटनामा २ सय ७९ जना पीडित भएको इन्सेकले जनाएको छ।

यसैगरी ८ जना विस्थापनका घटना र २ जना बेपत्ता पारिएको घटनामा पीडित भएका छन्। सन् २०१९ मा महिलामाथि हुने हिंसाका घटनामा ३ हजार ३ सय ६३ जना पीडित भएका छन्। घरेलु हिंसामा २ हजार ७९ र बलात्कार घटनाबाट ५ सय ३० जना पीडित भएको तथ्याङ्क इन्सेकले सार्वजनिक गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .