ललितपुर महानगरपालिका–१७ स्थित बाफलमा आगलागी हुँदा घाइते भएका दुई जना बालिकाको मृत्यु भएको छ।
३ वर्षीया प्रिया गिरी र ८ वर्षीया एलिशा गिरीको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले बताए।
आइतबार बिहान बाफलस्थित मोबिल स्टोरमा आगलागी हुँदा ५ जना घाइते भएका थिए।
घाइते भएका मध्ये संजय गिरी, रुपा गिरी र मित गिरीको किष्ट अस्पतालमा उपचार भइरहेको छ।
रौतहटको राजदेवी नगरपालिका–४ का उनीहरू बाफलमा टहरामा बस्दै आएका थिए।
78
Shares
प्रतिक्रिया