ad ad

समाज


मेयरको दादागिरी : बुबालाई शौचालयमा थुनेकै थिए, छोरालाई पनि कुटे

मेयरको दादागिरी : बुबालाई शौचालयमा थुनेकै थिए, छोरालाई पनि कुटे

शैलेन्द्र महतो
फागुन ८, २०७६ बिहिबार १६:१९,

आफ्नो भिडियो खिचेको र शौचालयमा थुनेपछि प्रहरीमा जाहेरी दिएको भन्दै बाराको महागढीमाई नगरपालिकाका मेयर उपेन्द्रप्रसाद यादवले नगरप्रहरी र आफ्ना मान्छे परिचालन गरी पीडित परिवारलाई कुटपिट गराएका छन्।

महागढीमाई नगरपालिका वाडा नं. २ को बरियारपुर बजारमा आफन्तको पसलमा बसिरहेका मुकेश कुशवाहलाई साँझ नगरप्रहरीले कुटपिट गरेको र आफन्त बचाउन आएपछि उनीहरुलाई समेत कुटपिट गरेको पीडित परिवारले बताएका छन्।

कुटपिट भइरहेको बेला स्थानी सशस्त्र प्रहरी बेस क्याम्प बरियारपुरले उद्धार गरी आफ्नो सुरक्षामा राखेको पीडित मुकेशले नेपालखबरसँग कुरा गर्दै जानकारी दिए। ‘म आफन्त रमाशंकर कुशावहाको पसलमा बसिरहेको थिएँ। नगरप्रहरी र मेयरका आफन्त झण्डै २०।२५ जनाको समुहमा मलाई कुटपिट गरी लान खोजे। म गुहार गर्न थालेपछि स्थानीइ सशस्त्र प्रहरीले तत्कालै बचायो। अहिले पनि म सशस्त्र प्रहरीको सुरक्षामा छु।’

मुकेशका अनुसार आफुलाई कुटपिट गर्न समातेर लान खोजेको थाहा पाएर बाटोमा आउँदै गरेका बुरबा हिरेन्द्र महतो, भाई सिकेन्द्र कुशाहा, उमेश्वर प्रसाद कुशावहा र नन्दलाल कुशावाहालाई नगरप्रहरीले कुटपिट गरेको हो। गएको सोमबार स्थानीय निर्माणाधीन अधुरो नाला निरीक्षणको क्रममा मुकेशले मेयर यादवको प्रतिक्रियासहितको भिडियो खिच्न खोजेपछि हप्काएका थिए।

त्यहि भिडियो एक स्थानीयले समाजिक सञ्जालमा पोस्ट गरेको भन्दै मेयर यादव मुकेशलाई कारबाही गर्न खोजि गर्ने क्रममा नभेटिएपछि नगरप्रहरी परिचालन गरी खेतमा पानी पटाइरहेका मुकेशका बुबा हरेन्दलाई पक्राउ गरी नगरपालिकामा ल्याएका थिए।

त्यहाँ मेयरले हरेन्द्रलाई आफ्नो जुत्ता फुकालेर टाउकोमा राख्न भन्दा अस्वीकार गरेपछि झापड हान्दै शौचालयमा आधा घण्टा थुनेर दुब्र्यबहार गरेका थिए । सोहि बिरुद्ध बिहीबार हरेन्द्रले मेयर यादवलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय बारामा भेदभाव तथा अपमानजन्य व्यवबहार सम्बन्धी मुद्दा दर्ता गराका छन्।

मेयर यादवले नेपालखबरसँग भनेका थिए ‘मुकेशका बुबालाई बोलाएर सोधपुछ मात्रै गरेको छु। कुटपिट गरेको छैन। तर मेरो भिडियो खिचेर समाजिक सञ्जालमा राख्ने मुकेशलाई जहाँबाट भएपनि खोजेर कारबाही गर्छु।’

यता बाराका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीले नगरप्रहरीले समान्य कुटपिट गरेको हुन सक्ने बताए। ‘नगरप्रहरी समात्न गएको थियो। समान्य कुटपिट भएको हुन सक्छ। तर घरपरिवारलाई पनि कुटेको हामीलाई जानकारी आएको छैन। अब घटनालाई छलफलको माध्यमबाट समाधान गर्नुपर्छ’ उनले भने।

पीडित भन्ने हरेन्द्रले जिल्ला प्रहरीमा बिहीबार जाहेरी दिएको बताए।

याे पनि: किसानलाई शौचालयमा थुन्ने मेयरविरुद्ध प्रहरीमा जाहेरी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .