ad ad

छापा खबर


पशुपतिको शिवलिंगमा १४१ किलो सुनको जलहरी राखिने

पशुपतिको शिवलिंगमा १४१ किलो सुनको जलहरी राखिने

नेपालखबर
फागुन ८, २०७६ बिहिबार २३:५८,

पशुपति क्षेत्र विकास कोषले पशुपति मन्दिरको शिवलिंगमा १४१ किलो सुनको जलहरी राख्‍ने भएको छ।

यसका लागि आर्थिक संकलन गर्न कोषका कोषाध्यक्ष मिलनकुमार थापाको संयोजकत्वमा समिति बनाइएको खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

चाँदीको जलहरीलाई फेरेर सुनको राख्‍न लागिएको हो। अहिलेको बजार मूल्यअनुसार उक्त जलहरी ९२ करोडको हुने अनुमान गरिएको कोषाध्यक्ष थापाले जानकारी दिए।

जलहरी राख्‍न कोष सञ्चालक परिषद्ले कार्यविधिसमेत पारित गरेको छ। कम्तीमा एक तोला र बढीमा एक किलोसम्म सहयोग गर्न सक्‍ने कार्यविधि बनाइएको छ।

जुन दिन सहयोग गर्ने हो त्यही दिन सुनको बजार भाउअनुसारको रकम बैंकमा दाखिला गर्नुपर्ने हुन्छ। शिवरात्रिलाई लक्षित गरी पशुपतिनाथ मन्दिरमा दुई वटा घैला पनि राखिने थापाले जानकारी दिए।

‘मन्दिर भित्र र बाहिर एकएक वटा राखिनेछ,’ थापाले भने, ‘घैलामा गोप्य रूपमा स्वेच्छाले पैसा राख्न सकिन्छ।’ घैलामा पैसा राख्ने दाताको रेकर्ड नहुने र बैंक दाखिला गरेर सुनका लागि सहयोग गर्नेको भने अभिलेख राखिने उनले बताए।

पशुपतिमा रहेका चार भट्टले मात्रै जलहरी राख्ने काम गर्नुपर्छ। उनीहरूलाई यसका लागि तालिम दिइएको ढुंगानाले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .