ad ad

समाज


श्रीलङ्काबाट उद्धार गरिएका ९० जनामध्ये एक महिलाले खुलाइन् बेचबिखनमा संलग्नको पहिचान

श्रीलङ्काबाट उद्धार गरिएका ९० जनामध्ये एक महिलाले खुलाइन् बेचबिखनमा संलग्नको पहिचान

सांकेतिक तस्बिर


नेपालखबर
जेठ २, २०८१ बुधबार १६:३६, काठमाडौँ

माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाले कोभिडको बेला श्रीलङ्काबाट उद्धार गरिएका ९० जना पीडित महिलामध्ये एक जनाले बेचबिखनमा संलग्नको नाम खुलाएको बताएकी छन्।

उनले ती आरोपित व्यक्तिलाई प्रहरी अनुसन्धानको दायरा ल्याइएको बताइन्। कठमाडौँमा आज मिथिला संस्कृति समाजले राष्ट्रिय नाचघरमा आयोजना गरेको कार्यक्रममा कोइरालाले एक वर्षपछि एक जना पीडितले अपराधमा संलग्नको नाम खुलाएको जानकारी दिएकी हुन्।

‘एकजना पीडितले कसले बेचेको र कसरी श्रीलङ्का पुर् याएको नामसहित मुख खोल्नुभएको छ’, उनले भनिन्, ‘प्रहरीले यसैको आधारमा दोषीलाई अनुसन्धानको दायरामा ल्याइसकेको छ।’
 

उनले बेचबिखनमा परेका पीडितले सजिलै अपराधीको नाम खुलाउन नमान्ने बताइन्। जसले गर्दा पीडितलाई न्याय दिलाउन गाह्रो हुने गरेको छ। त्यस्तै, पछिल्लो समय देश बाहिर मात्रै होइन्, देशभित्रै छोरीचेलीको किनबेच भइरहेको उनले खुलाइन्। मङ्गलबार काठमाडौँको एक ‘स्पा’ बाट १४ जना किशोरी उद्धार गरिएको उनले जानकारी दिइन्।

खासगरी रात्रिकालीन मनोरञ्जन क्षेत्रमा १२ देखि १८ वर्ष सम्मका बालिकाको शारीरिक एवं मानसिक बेचबिखन भइरहेको कोइरालाको भनाइ थियो।

‘विदेशमा बेचिन त छँदैछ, छोरीहरु देशभित्रै बेचिएका छन्’, उनले भनिन्, ‘कसरी रोक्ने हो? चिन्ताजनकस्थिति छ। न्यायको टर्च बालेर खोज्नुपर्ने स्थिति छ।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .