ad ad

समाज


डिल्लीराम खनाललाई ५ हजार धरौटीमा रिहा गर्न आदेश

डिल्लीराम खनाललाई ५ हजार धरौटीमा रिहा गर्न आदेश

नेपालखबर
जेठ २, २०८१ बुधबार १८:५४, काठमाडौँ

विभिन्न युट्युब च्यानलमा अफवाहपूर्ण अभिव्यक्ति दिएका कारण चर्चामा आइरहने डिल्लीराम खनाललाई काठमाडौँ जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश गरेको छ ।

पछिल्लोपल्ट सहकारी घोटालामा संलग्न आरोपमा फरार गितेन्द्रबाबु (जीबी) राईको हत्या भएको हल्ला फैलाएको आरोपमा पक्राउ परेका खनाललाई न्यायाधीश खेमराज भट्टको इजलासले ५ हजार रूपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो। खनालले जीबी राईको हत्या भएको दाबी गरेर सामाजिक सञ्जाल ‘युट्युब’मा अन्तर्वार्ता दिएका थिए ।

उनीविरूद्ध जिल्ला सरकारी वकिल कार्यालयले विद्युतीय अपराधको अभियोगमा मुद्दा दायर गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .