ad ad

समाज


कैलाश सिरोहिया जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा

कैलाश सिरोहिया जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा

मंगलबार कान्तिपुर कार्यालयमै पुगेर प्रहरी टोलीले नियन्त्रणमा लिएपछि कैलाश सिरोहिया


नेपालखबर
जेठ ९, २०८१ बुधबार ७:६, काठमाडौँ

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखिएको छ। 

नागरिकतासम्बन्धी उजुरीमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिरोहियालाई मंगलबार थापाथलीस्थित कान्तिपुर कार्यालयबाटै पक्राउ गरेर बुधबार बिहान धनुषा पुर्‍याएको हो। 

पक्राउपछि सिरोहियालाई गाडीमा बीपी राजमार्गबाट धुलिखेल, सिन्धुली हुँदै बुधबार बिहानै जनकपुरधाम पुर्‍याइएको हो।

कार्यकक्षबाटै पक्राउपछि आफ्नै गाडीमा चालकसहित लगिएका सिरोहियालाई भक्तपुरको सूर्यविनायक पुर्‍याएर प्रहरीको गाडीमा चढाइएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .