सुर्खेतमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
सुर्खेतबाट कालिकोट जाँदै गरेको भे १ च २५६० नम्बरको बोलेरो जिप आज (बिहीबार) बिहान दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
सुर्खेत–दैलेख सडकखण्डअन्तर्गत वीरेन्द्रनगर नगरपालिकास्थित रातानाङ्गला नजिक आज बिहान करिब ४ बजे जिप दुर्घटनामा परेको हो।
जिप सडकबाट अन्दाजी चारसय मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप जानकारी प्राप्त हुन बाँकी छ।
अहिले घटनास्थलमा सुखेतीका डीएसपी वीरेन्द्रवीर विश्वकर्मा र प्रहरी हबल्दार खुमबहादुर गुरुङको कमाण्डमा ३१ जनाको टोली उद्धारका लागि परिचालन भएको छ।
366
Shares
प्रतिक्रिया