ad ad

समाज


गोसाइँकुण्डमा लेक लागेर २४ वर्षीय युवकको मृत्यु

गोसाइँकुण्डमा लेक लागेर २४ वर्षीय युवकको मृत्यु

फाइल तस्बिर


नेपालखबर
जेठ १८, २०८१ शुक्रबार ६:४९, काठमाडौँ

रसुवाको गोसाईँकुण्डमा लेक लागेर सिन्धुपाल्चोकका २४ वर्षीय युवकको मृत्यु भएको छ। 

गोसाईँकुण्ड गाउँपालिका–४ लाङटाङ क्षेत्रमा पर्ने ५६ सय मिटरको उचारमा ट्रेकिङ गएका सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–६ का २४ वर्षीय विजय तामाङको मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार सिन्धुपाल्चोकको हेलम्बु हुँदै लाङटाङको क्यान्जिङ उपत्यकको पदमार्ग अबलोकन गर्दै ५६ सय मिटरको उचाईमा पुगेपछि उनी लेक लागेर बिरामी परेका थिए। 

उनको घटनास्थलमै मृत्यु भएको हो। शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगंज फरेन्सिक मेडिसिन विभागमा पठाइएको रुसुवा प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .